आज देशको पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना

२०७६ श्रावण २९,बुधबार ०९:०३

मकवानपुर, २९ साउन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) मनसुनको न्यून चापिय रेखा औसत स्थानमा रहेको छ ।

बुधबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानमा रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापिय रेखा उत्तर–पश्चिमतिर सर्ने क्रममा छ ।

बुधबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ । पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

राति पनि देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ केही स्थानमा मेघ गर्जन–चट्याङ्गसहित मध्यम वर्षा हुनेछ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*