पत्रकार शालिकाराम पुडासैनीकाे मृत्युकाे निष्पक्ष छानबिन हुनुपर्छः सांसद खतिवडा

२०७६ श्रावण २८,मंगलवार १८:१३

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकाराम पुडासैनी चितवनको पोखरा बसपार्कको कङ्गारू होटलमा मृत भेटिएका थिए । पत्रकार पुडासैनीको मृत्यु रहस्यमय भएका कारण र उनको न्यायका निम्ती प्रतिनिधि सभाको बैठकमा निष्पक्ष छानबिन हुनुपर्ने माग सांसद नाराएण प्रसाद खतिवडाले राखेका छन् । साउन २१ गते बसेको प्रतिनिधि सभा बैठकमा उनले उक्त माग राखेका हुन् ।

पत्रकार पुडासैनीले लामोसमय न्यूज २४ टेलिभिजनमा रवि लामिछानेसँग पनि काम गरेका थिए । त्यही कारण उनले रविलाइ गुरू भन्ने गरेका थिए । उनले गएको गुरू पूर्णिमाका दिन आफ्नो फेसबुक प्रोफाइल चेन्ज गर्दै रविसँगको फोटो राखेर गुरू पूर्णिमाका दिन दादालाइ सम्झिए भन्दै तस्बीर पोष्ट गरेका थिए । सिधा कुरा जनतासँग कार्यक्रम चर्चित बनाउन रवि लामिछानेलाइ साथ दिएका उनी फेसबुकमा समेत चर्चित थिए ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । पत्रकार पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि आफन्त चितवन पुगेका थिए ।

भरतपुर महानगरपालिकाको पोखरा बसपार्कको होटल कंगारूमा झुण्डिएका युवाको साथबाट प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडासैनी नै रहेको पुष्टि गरेको थियो । उनी नाइलको डोरी पंखामा पासो लगाएर झुण्डिएको प्रहरीले बताएको थियो ।

प्रहरीका अनुसार पुडासैनी सोमबार दिउँसो करिव ३ बजे काठमाडौँबाट होटलमा पुगेका थिए । होटल बुकिङ गरेर केही समय होटलमा कोठामा बसी केही समयपछि होटलबाट बाहिर गएका थिए र पछि होटलमा आएर बसेका उनी खाना खान नआएपछि होटलका कर्मचारीले बोलाउन जाँदा उनीले कोठा नखोलेपछि प्रहरीलाइ खबर गरेको र त्यसपछि वडा प्रहरी कार्यालयका प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको थिए ।

दैनिकीबाट

यो पनि पढ्नुहोस् ।

रवि लामिछानेका कारण पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेकाे खुलासा

पत्रकार सालिकराम पुडासैनी चितवनस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि ८ मिनेट र ३ मिनेटकाे भिडियोमा यसाे भनेका रहेछन्

 

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*