हिरासतको ताल्चा फोडेर फरार भए दुई भारतीय थुनुवा

२०७६ श्रावण २८,मंगलवार १७:३२

काठमाडौं, २८ साउन । इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासतमा रहेका दुई भारतीय नागरिक हिरासतको ताला फोडेर फरार भएका छन् ।

भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल गएराति ताला फोडेर फरार भएका हुन् ।

उनीहरुलाई केही सार्वजनिक मुद्दामा थुनेका थिए । झापा प्रहरीका अनुसार उनीहरु दुवैको खोजी भइरहेको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*