जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउन प्रतिबद्ध सरकार छ : मन्त्री यादव

२०७६ श्रावण २८,मंगलवार १७:०५

काठमाडौं २८ साउन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्तृका प्रसाद यादवले जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने विषयमा सरकार प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिनिधिसभा नियमावलि २०७५ को परिच्छेद ८ बमोजिमको प्रश्न उत्तर कार्यक्रम अन्र्तगत सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कालोबजारी रोक्ने र गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने जिम्मेवारीमा सरकार कटिबद्ध रहेको बताएका हुन् ।

उनले सबै प्रदेशका मन्त्री, महानगर, उपमहानगरपालिका लगायतका पदाधिकारीहरुसंग वृहत छलफल गरी योजना बनाउने काम भएको भन्दै उहाँले अनुगमन र कारवाही गरेको पनि सुन्न र देख्न आग्रह गरे ।

उनले नेपालमा आयात हुने तरकारी तथा फलफुलमा ८० प्रतिशत सम्म विषादी पाईएको भन्ने कुरामा सत्यता नभएको बताए ।

उनले भने, ‘असार मसान्त सम्म ३ हजार ७ सय ४४ वटा नमुना परीक्षण गरिएकोमा ३ हजार ७ सय २९ वटामा ३५ प्रतिशत भन्दा कम देखिएको, १३ वटा नमुनामा ३५ भन्दा बढी देखिएको र २ वटा मा ४५ भन्दा बढी प्रतिशत विषादी प्रयोग भएको पाईएको छ ।’

उनले विषादी जाँच गर्न रोकिएको भन्ने कुरा पनि सत्य नभएको स्पष्ट पारे । उनले सबै स्थानमा उच्चस्तरीय परीक्षण प्रयोगशाला नभएको राजधानी ल्याएर परीक्षण गर्ने गरिएको बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*