राेकिएन अवैध बालुवा उत्खनन : जेठयता खाल्टोेमा डुबेर आठ बढीको मृत्यु

२०७६ श्रावण २८,मंगलवार १६:३९

बालुवा उत्खनन गरेको खाल्टोेमा डुबेर सोमबार साँझ नुवाकोटमा दुई जनाको मृत्यु भएको छ । ककनी गाउँपालिका–१ मा ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैध रूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्टोेमा परेर स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको हो ।

स्थानीयले खोलामा अवैध रूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण उनीहरुको डुबेर मृत्यु भएको भन्दैै विरोध गरिरहेका छन् । यसको तीन दिनअघि धादिङको गजुरीमा समेत यही प्रकृतिको घटना भएको थियो ।

जगुरी खोलाबाट अवैध तवरले बालुवा उत्खनन गर्न एक्स्काभेटरले खनेको खाल्टोेमा परेर दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गजुरी गाउँपालिका–७ किरान्चोकका १८ वर्षीय भीम तामाङ र २१ वर्षीय सुमन तामाङ थिए ।

अवैध रूपमा बालुवा निकाले र युवाको मृत्यु भएको भन्दै स्थानीयले खोलामा राखिएका तीनवाट एक्स्काभेटरमा आगजनीसमेत गरेका थिए ।
त्यस्तै, १५ असारमा सर्लाहीमा अवैध बालुवा उत्खनन गर्दा बनेको खाल्टोेमा परी ईश्वरपुर नगरपालिका–१२ का १३ वर्षीय बालक अमितरायकोे मृत्यु भएको थियो ।

सोही क्रममा विरोध हँुदा प्रहरीको गोली लागेर अर्का एक युवाको ज्यान गएको थियो । मृत्यु हुनेमा सर्लाहीका २७ वर्षीय केयाल महतो छन् ।

यी केही प्रतिनिधि घटना मात्र हुन् । यसरी अवैध रूपमा क्रसर सञ्चालन गर्ने र जथाभावी बालुवा उत्खनन गर्दा बनेको खाल्टाखुल्टीमा परेर जेठयता ८ जना बढीले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयसँग तथ्यांक छ ।

यसरी ज्यान गुमाउनेमा बालकदेखि युवासमेत छन् । खाल्टोमा सामान्य पानी जमेको जस्तो देखिए पनि भित्र गहिरो हुने हँुदा खाल्टोेमा जाँदा ढुबेर मुत्यु हुने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट र तराईका अधिकांश खोलामा अवैध रूपमा अवैध बालुवा उत्खनन हुने गरेको छ ।

अनुगमनमा कडाइ गर्छौं : प्रहरी

खोलामा अवैध रुपमा बालुवा उत्खनन गर्ने र त्यही खाल्टोेमा पुरिएर बालबालिकादेखि युवासम्म डुबेर मृत्यु हुने घटना बढ्न थालेपछि प्रहरीले खोलाबाट निकालिने बालुवामा कडाइ गर्ने जनाएको छ ।

नुवाकोटका प्रहरी उपरीक्षक अभिनाराण काफ्लेका अनुसार खोलबाट बालुवा निकाल्ने र खाल्टो नपुर्दा मानिस डुब्ने क्रम देखियो बस्ती आसपासका कुनै पनि खोलामा यसरी अवैध बालुवा निकालिएको पाए कानुनी दायरामा ल्याएर कारबाही हुने बताए ।

‘हामी अवैध बालुबा उत्खनन गर्नेमाथि नियमित अनुगमनमा छौं । हिजोको घटना पनि गम्भीर नै छ । यसबारे समेत छलफल गर्दै छौं । पीडित परिवारलाई कसरी न्याय हुन्छ, त्यही गर्छौं,’ काफ्ले भने ।

अवैध तरिकाले बालुवा उत्खनन गर्नेमाथि कडा कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरीलाई निर्देशन दिइएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलको भनाइ छ ।
शिलापत्रबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*