मकवानपुरका गायक लामालाई ‘पब्लिक च्वाईस अवार्ड’

२०७६ श्रावण २८,मंगलवार ०९:२८

मकवानपुर, २८ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरी निवासी गायक धिरेन लामाले ‘बेस्ट मेल सिंगर–पब्लिक च्वाईस अवार्ड’ प्राप्त गरेका छन् ।

गायक लामाले थाईल्याण्डको बैँककमा जम्बुलिङ फिल्म्स प्रालिद्वारा आयोजित ‘जम्बुलिङ ईन्टरनेसनल अवार्ड २०१९’ अन्तर्गत उक्त अवार्ड प्राप्त गरेका हुन् ।

उनी लोक पप विधाबाट नोमिनेसनमा पर्दै उनको चर्चित गीत ‘लेककी कान्छी’ बाट अवार्ड जितेका हुन् ।

धिरेनकै शब्द तथा संगीतमा तयार भएको गीतलाई अमृत ल्वागुनले एरेञ्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा धिरेनसँगै सबिना ब्लोन र रमेश मोक्तानले अभिनय गरेका छन् ।

मकवानपुर तामाङ कलाकार समाजका संस्थापक अध्यक्ष समेत रहेका उनले यही गीत समावेश ‘बेष्ट अफ लामा धिरेन’ एल्बमबाट औपचारिक रुपमा नेपाली साँगितिक आकाशमा पाईला चालेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*