हेटौँडामा एकिकरण सिद्धान्तमा आधारित ३ दिने युवा नेतृत्व तालिम सम्पन्न

२०७६ श्रावण २८,मंगलवार ०८:५१

मकवानपुर, २८ साउन । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ—नेपाल, हेटौँडा शाखाको आयोजनामा ‘एकिकरण सिद्धान्तमा आधारित ३ दिने युवा नेतृत्व तालिम’ सम्पन्न भएको छ । शनिबारदेखि हेटौँडामा सुरु भएको तालिम सोमबार समापन गरिएको हो ।

सेमिनारमा यूवाहरुलाई तीन दिन सम्म एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिईएको संघका हेटौंडा संयोजक सुवास लामाले जानकारी दिए ।

तालिममा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता विषयवस्तुमा आधारित भएर प्रशिक्षण दिईएको थियो ।

प्रशिक्षणमा संघका हेटौँडा संयोजक सुवास लामा, युवा अभियान्ता एक्काबहादुर घिसिङ, राजु घलान, चन्द्रबहादुर बिक, हरिबहादुर लोप्चनले प्रशिक्षण दिएका थिए ।

 

त्यस्तै युवा शान्ति दुत तथा मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले पनि उत्प्रेरणात्मक प्रशिक्षण दिएका थिए । तालिममा ४० जना युवायुवतीहरुले सहभागिता जनाएका थिए ।

युवा शान्ति दुत अर्पण पराजुली, रामप्रसाद शाह, संघका पर्सा जिल्ला संयोजक हरिबहादुर लोप्चन लगायतको आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी युवाहरुले आफुहरु तालिमबाट निकै सकरात्मक भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफुहरुमा आत्माविश्वास बढ्नुका साथै विश्व शान्तिको अभियानमा लाग्न उत्प्रेरणा मिलेको बताएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*