हिरासतबाट फरार भएका मकवानपुरका वाईवा पुनः पक्राउ

२०७६ श्रावण २७,सोमबार १८:०९
File Photo

मकवानपुर, २७ साउन । हिरासतबाट फरार भएका मकवानपुरका सुकुलाल वाईवा पुनः पक्राउ परेका छन् ।

चोरी मुद्धामा फरार रहेको मकवानपुरको थाहानगरपालिका सिस्नेरी ६ घर भई हाल काठमाडौं टोखा बस्ने २१ वर्षीय वाईवा सोमबार बिहान पुनः पक्राउ परेका हुन् ।

गत साउन २५ गते बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत कक्षको झ्यालको रड ह्याक्सो ब्लेडले काटेर फरार भएका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बौद्ध दक्षिण ढोकाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, निजलाई पक्राउ गरी घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*