हेटौँडामा गाईजात्रा प्रदर्शन हुने

२०७६ श्रावण २७,सोमबार १५:५५

मकवानपुर, २७ साउन । लायन्स तथा लियो क्लबहरुको संयुक्त आयोजनामा आउदो भदौ २ गते हेटौंडामा गाईजात्रा प्रदर्शन हुने भएको छ ।

आईतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त प्रदर्शनबारे जानकारी गराईएको हो ।

गाइजात्रामा मुख्यमन्त्री, मन्त्रीहरु राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थिती रहने बताइएको छ ।

कार्यक्रमबाट संकलित रकम समाजसेवाको कार्यमा प्रयोग गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

कार्यक्रममा करीब ४ सय जनाको सहभागीता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ । गाइजात्रा हेर्नका लागि १ हजार रुपैया दरको टिकटको व्यव्स्था गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*