श्रीमानको हत्या गरेको अभियोगमा मकवानपुरकी महिला पक्राउ

२०७६ श्रावण २६,आईतवार १५:०२

मकवानपुर, २६ साउन । चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले मकवानपुरकी एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–८ स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएकी २५ वर्षकी शिला घले रहेका छन् ।

उनलाई चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले शनिबार साँझ पक्राउ गरेको हो ।

चक्कु प्रहारबाट घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घलेलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*