वनदेवी टोलको नेतृत्व घिमिरेलाई

२०७६ श्रावण २६,आईतवार ११:५८

मकवानपुर २६ साउन । हेटौंडा ५ पिप्लेमा गठित वनदेवी टोल विकास संस्थाको नेतृत्व केशवप्रसाद घिमिरेले लिएका छन् । शनिबार भएको संस्थाको पहिलो साधारणसभाबाट आगामी दुई वर्षे कार्यकालका लागि घिमीरेको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

संस्थाको उपाध्यक्ष रामप्रसाद पुडासैनी, सचिव रामकृष्ण पुडासैनी शर्मा, कोषाध्यक्ष शिला चौधरी रहेका छन् भने सदस्यहरुमा रामहरी पौडेल, चण्डिका दाहाल, चन्दा धिताल, केशव चौलागाईं, चिन्तामणि फुयाल, रत्नहरि अधिकारी र प्रभा बानिया रहेका छन् ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथीसमेत रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाले टोल विकास कार्यसमितिलाई टोलका विकृति विसङ्गती हटाउँनका लागि लागिपर्न सुझाव दिए ।
अध्यक्ष बानियाले नव गठित टोल विकास संस्थालाई अरुको आश गरेर बस्ने नभई टोलमा आफ्नै पहलमा काम गर्न सकिने बताए ।

कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष देवीप्रसाद दाहाल, सचेत टोल विकास संस्थाका अध्यक्ष गावाकृष्ण घिमीरे, टोल विकास संस्था नगर समन्वय समिति महासचिव एवम् हेटौंडा ५ का वडा सदस्य ज्ञानु थापाले मन्तव्य व्यक्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*