रोटरी क्लब अफ हेटौंडाको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

२०७६ श्रावण २६,आईतवार १०:५४

मकवानपुर २६ साउन । रोटरी क्लब अफ हेटौंडाको आयोजनामा हेटौंडा अद्योगिक क्षेत्र भित्र उद्योग संघको कार्यालयदेखि खानेपानी ट्याङ्की हुँदै कमाने जाने बाटोसम्म २ सय थान तेजपत्ताको विरुवा रोप्ने कार्य सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष इन्द्रप्रसाद नेपालको अध्यक्षतामा भएको विक्षारोपण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

विक्षारोपण कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, सिद्धार्थ बैक लि. का शाखा प्रबन्धक अर्पण संजेलले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा हेटौंडा वडा नं. ८ का वडा अध्यक्ष गोलबहादुर श्रोष्ठ, औद्योगिक क्षेत्रमा रहेको शसस्त्र प्रहरी बलका गुल्मपति विनोद खतिवडा लयागत रोटरीयन, रोट्रायाक्टरहरु, बैकर्स तथा सिद्धार्थ बैकका कर्मचारीहरु, हेटौंडा औद्योगिक क्षेत्रका उद्योग पति तथा मजदुरहरुको सहभागीता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*