मकवानपुरमा डेँगु संक्रमित ९० जना, रोकथाममा उपमहानगरको चासो

२०७६ श्रावण २६,आईतवार ०८:४८

मकवानपुर २६ साउन । मकवानपुरको हेटौंडामा डेंगुको संक्रमण भएका बिरामीहरु एकाएक भेटिन थालेपछि हेटौँडा उपमहानगरपालिकाले आईतबारबाट डेंगु सार्ने लामखुट्टेको खोजी कार्यसुरु गरेको छ ।

डेङ्गुको संक्रमणले मकवानपुर प्रभावित हुदै गैरहेको र हालसम्म ९० जना डेंगु संक्रमित भेटिएपछि उपमहानगरले चासो देखाएको हो ।

हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्की का अनुसार एडिस जातिका एजिप्टाइ र अल्बोपिक्टस पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणमा पर्नुभन्दा लामखुट्टेको टोकाईबाट बच्नुनै उपयुक्त हुन्छ ।

औषधी छरेर स्वास्थ्यमा हानि पुग्ने हुँदा सकेसम्म रोकथामका लागि हरेक वडामा गएर लार्भा, प्युपा र लामखुट्टे खोजेर निस्क्रिय गर्नलाई लागिरहेको स्वास्थ्य संयोजक कार्कीले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*