हेटौँडाका युवाले ल्याए क्लोथ बैंक सञ्चालनमा

२०७६ श्रावण २५,शनिबार १८:२९

मकवानपुर २५ साउन । हेटौंडास्थित हुप्रचौरमा शनिवारदेखि क्लोथ बैंक सञ्चालनमा आएको छ । हेटौंडा युवा अभियानको आयोजना तथा रिलाइन्स इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलको पहलमा क्लोथ बैंक सञ्चालनमा आएको हो ।

युवाहरुले पुरानो लुगा संकलन गरेर बिपन्न र गरिबलाई वितरण गरिने भन्दै अभियान संचालन गरेका हुन् । आफुलाई आवश्यक नभएको र पुराना लुगा गरिब तथा विपन्नको लागि महत्वपूर्ण हुने भन्दै उनीहरुले लुगा संकलन गरेका हुन् ।

पुराना भएपनि लगाउन सकिने अवस्थाका कपडा पाए आफुहरुले सफा गरेर लगाउने योग्य बनाएर वितरण गरिने योजना रहेको उनीहरु बताउँछन् ।

अभियान संचालनमा आएसंगै गरिब तथा बिपन्न बर्गका समुदायलाई राहत मिल्ने देखिएको छ । विभिन्न उमेरका बालबालिका र वृद्धहरुका लागि लुगा राखिएको र चप्पलहरु समेत राखिने लक्ष्य रहेको अभियानका युवाहरुले बताएका छन्. ।

शनिबारदेखि हेटौंडा ४ हुप्रचौर गेटस्थित सञ्चालनमा आएको उतm बैंकमा हेटौँडाका युवाहरु पुनित पाठक, विकल्प बर्तौला, साकार शिवाकोटी, रोयल बानियाँ, विश्वास लटौला, दिक्षान्त श्रेष्ठ, सुशान्त लामीछाने, एैसन पौडेल लागयतले कपडा संकलन गर्ने काम गरिरहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*