शारिरिक सुगठन संघ मकवानपुरमा युवा नेता भेटवालको नेतृत्व

२०७६ श्रावण २५,शनिबार १२:२२

मकवानपुर २५ साउन । शारिरिक सुगठन तथा फिटनेस संघ मकवानपुरको अध्यक्षमा युवा समाजसेवी एवं तरुण दल मकवानपुरका नेता राजेश भेटवाल सर्वसम्वत चयन भएका छन् ।

हिजो शुक्रबार हेटौँडामा भएको संघको ५ औँ अधिवेशनमा भेटवाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको हो ।

भेटवालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति समेत निर्माण गरिएको छ ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजु नेपाल, उपाध्यक्षमा महेश कर्माचार्य र हेम श्रेष्ठ, सचिवमा सुजन श्रेष्ठ र कोषाध्यक्षमा कन्हैया शाहलाई चयन गरेको हो ।

त्यसैगरी सदस्यहरूमा सौरभ श्रेष्ठ, सम्राट सिंह, जीवन न्यौपाने, अमृत लामा, अनिल श्रेष्ठ लगायतका रहेका छन् ।

हेटौँडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महतको को प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष शिव कुमार कार्कीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*