मनहरीको लामिटारमा हस्तकला निर्माण सम्बन्धी निः शुल्क तालिम सुरु

२०७६ श्रावण २५,शनिबार ०८:२६

मकवानपुरको मनहरी गाउंपालिकाका वडा नं ३ लामिटारमा हिमालयन मानवअधिकारकर्मी समुह हिमराइट्सको आयोजनामा बांसको हस्तकला सामाग्री निर्माण सम्बन्धी तिन महिने निः शुल्क तालिम सुरु भएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौडाको सहयोगमा शुक्रवार कार्यक्रमको उद्घाटन गरेको हो ।

हिमराइट्स मकवानपुरको कार्यक्रम संयोजक कुमारी वाइबाको सभाध्यक्षता , मनहरी गाउंपालिकाका उपाध्यक्ष मनिला विष्ट को प्रमुख आतिथ्यता , मनहरी गाउंपालिका वडा नं ३ का वडा अध्यक्ष मान बहादुर स्याड।तान र व्यवसायिक सीप विकास केन्द्रका प्रमूख युवराज गुरुड।को विशेष आतिथ्यतामा समुद्घाट्न समारोह भएको हो ।

हिमराइट्सका फिल्ड सहायक इन्द्र कुमारी गोलेले स्वागत मन्तव्य व्यक्त गरेको थियो भने अतिथीहरुमा तालिम प्रशिक्षक राम कुमार राइ , नमूना यूवा सांसदका प्रतिनिधी बुद्धरत्न स्यांतान , व्यवसायिक सीप विकास केन्द्रका्र प्रमूख युवराज गुरुड।,मनहरी गाउंपालिका वडा नं ३ का वडा अध्यक्ष मान बहादुर स्याड।तान, मनहरी गाउंपालिकाका उपाध्यक्ष तथा प्रमुख अतिथी मनिला विष्ट लगायतले सीप सिकेर आफ्नो ठाउंको समेत पहिचान राख्नुपर्ने ,साथै यस प्रकारका सीपलाई निरन्तरता समेत दिनका लागि युवा समुहलाई ठूलो जिम्मेवारी समेत रहेको कुरा व्यक्त गरेको थियो ।

प्रमुख अतिथी मनहरी गाउंपालिकाका उपाध्यक्ष मनिला विष्टज्यू ले यस तालिमका लागि आगामी दिनमा गर्नु पर्ने सहयोग पनि गर्दै जाने प्रतिवद्धता जनए । तालिममा स्थानिय चेपाड। , राइ , दलित लगायत अन्य जाति गरी १५ जनाको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*