मकवानपुर नमुना प्रगती सहकारीको २२ औं वार्षिक उत्सव सम्पन्न

२०७६ श्रावण २४,शुक्रबार १०:१६

मकवानपुर २४ साउन । मकवानपुर नमुना प्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक उत्सव तथा एकीकृत कारोबार शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २, देबिपथस्थित उक्त सहकारी संस्थाकोे ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मुल नाराका साथ हेटौंडामा आज शुक्रबार बिहान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला सहकारी संघका सचिव राजु गौतम, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधा सिन्तान, जिल्ला दुग्ध उत्पादन सहकारी संस्था मकवानपुरका अधयक्ष बासुदेव अधिकारी, कृषि विकास बैंक लिमिटेड मकवानपुर शाखाका प्रबन्धक नुरप्रसाद गौतम लगायत संस्थाका सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष मिठाराम दाहालको सभाध्यक्षतामा भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*