चीनको सहयोगमा बनेको हेटौँडा कपडा उद्योगमा सशस्त्रको रजाँई

२०७६ श्रावण २४,शुक्रबार ०८:३२

मकवानपुर २४ साउन । चीनको सहयोगमा बनेको हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग १९ वर्षदेखि बन्द छ ।

सो उद्योगमा अहिले सशस्त्र प्रहरीको १४ नम्बर गण बसेको छ । गण ६ महिनाअघि उद्योग प्रवेश गरेको हो । सशस्त्रकै औद्योगिक सुरक्षा गुल्म पाँच वर्षदेखि उद्योगको कर्मचारी क्वार्टरमा बस्दै आएको छ ।

हेटौँडा–४ कर्राखोलानजिक सशस्त्रको भवन गत वर्ष डुबानमा परेपछि कपडा उद्योग परिसरमा सारिएको सशस्त्र प्रहरी प्रवक्ता डिआइजी सुरज श्रेष्ठले बताए ।

‘यसअघि निर्माण गरिएको भवन पनि अस्थायी नै थियो,’ उनले भने, ‘कपडा उद्योगमा पनि अस्थायी रूपमै गण राखिएको हो ।’ उनले स्थायी गण निर्माणका लागि आवश्यक जग्गाको खोजी भइरहेको बताए ।

जिल्लाका लागि गण र प्रदेश कार्यालय रहने गरी बाहिनी स्थापना गर्नुपर्ने भएकाले जग्गा खोजीका लागि केही समय लागेको उनको भनाइ छ ।

गणका लागि सशस्त्रले उद्योगको प्रशासनिक भवन र तीन साना हल प्रयोग गरेको छ । गणमा ६५० जना छन् ।

नयाँ पत्रिका दैनिकमा सुदिप शिवाकोटीले समाचार लेखेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*