लागूऔषध कारोबारमा संलग्न १ सय ७६ जना मकवानपुरबाट पक्राउ

२०७६ श्रावण २२,बुधबार ०८:३३
file photo

मकवानपुर २२ साउन । पछिल्लो समय लागूऔषध कारोबारमा संलग्न भएकाहरुलाई प्रहरीले तदारुपताका साथ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष ०७५/०७६ मा १ सय ७६ जनालाई लागूऔषध कारोबारमा संलग्न भएको आधारमा पक्राउ गरेको छ ।

जसमध्ये नेपाली १ सय ३९ जना पुरुष र महिला ६ जना त्यसैगरी भारतीय पुरुष २८ जना र महिला ३ जना रहेका छन् ।

प्रहरीले गत आ.व. मा ३ हजार १ सय ९३ केजी गाँजा, ३ सय ४ केजी चरेश, २१ ग्राम हेरोईन, ७ सय ग्राम अफिम बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा गत आ.व.मा दर्ता भएका १ हजार ३३ वटा मुद्धामध्ये सबैभन्दा बढी लागूऔषधका १ सय ४८ मुद्धा रहेका छन् । आजको हेटौंडा सन्देशमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*