नेपाली काँग्रेसका २९ जना नेकपामा

२०७६ श्रावण २२,बुधबार ०८:०९
File Photo

मकवानपुर २२ साउन । नेपाली काँग्रेस मकवानपुरगढी गाउँपालिकाका २९ जना नेकपामा प्रवेश गरेका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मा नेकपाको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु काँग्रेस छोडी नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा मकवानपुरगढीले दिएको जानकारी अनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टीका १९ जना समेत नेकपामा प्रवेश गरेका छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेकपा प्रदेश कमिटी सदस्य भीम पाख्रिनलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम तत्कालिन नेकपा एमाले वडा कमिटी अध्यक्ष माया बलको सभाध्यक्षतामा भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*