पत्रकार सालिकराम पुडासैनी चितवनस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला

२०७६ श्रावण २१,मंगलवार ०९:२०

मकवानपुर २१ साउन । पत्रकार सालिकराम पुडासैनी चितवनस्थित एक होटेलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनको पोखरा बसपार्कस्थित कंगारु होटेलमा उनी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार दिउँसो करिब ३ बजे काठमाडौंबाट आएका पुडासैनी सो होटलको २०२ नं कोठामा बास बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोलेपछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले उनलाई कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला पारेको हो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हाल माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए ।

यसअघि उनी न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा काम गर्दै आएका थिए ।

पत्रकार पुडासैनीको निधनप्रति तु खबर डटकमले दुःख व्यक्त गरको छ । तु खबरका सम्पादक गिरिजा अधिकारीले पत्रकार पुडासैनीको निधनले पत्रकारिता क्षेत्रमा ठूलो धक्का पुगेको बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*