भीमफेदी ८ नम्वर वडाअध्यक्ष घिसिङ परिवारसहित अमेरिका गएपछि…

२०७६ श्रावण २१,मंगलवार ०८:१३

मकवानपुर २१ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ का वडाअध्यक्ष अमेरिका गएपछि वडाअध्यक्ष पदमा उपनिर्वाचन गराउन स्थानीयहरुले माग गरेका छन् ।

वडाअध्यक्ष जगतमान घिसिङ् परिवारसहित अमेरिका गएपछि रित्त वडाअध्यक्ष पदमा उपनिर्वाचन गराउन माग गर्दै स्थानीयले निर्वाचन आयोगको कार्यालयमा निवेदनसमेत दर्ता गराएका हुन् ।

वडा सदस्य नवराज अधिकारीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएर गत चैत्र २७ गते अध्यक्ष घिसिङ अमेरिका गएपछि कार्यालयको कामकारबाही समेत प्रभावित भएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका छन् ।

सरकारले २०७६ मंसिर १४ गते जनप्रतिनिधि रिक्त रहेको स्थानमा उपनिर्वाचन गराउने समय तोकेको भोलीपल्ट स्थानीयले निवेदन दर्ता गराएका हुन् ।

जनप्रतिनिधिहरु केही समयको लागि विदेश भ्रमणमा जाने मिले पनि लामो समयसम्म जनताको काममा प्रभाव पर्नेगरी विदेशमा बस्न नमिल्ने कानूनी व्यवस्था छ । तर घिसिङ अमेरिकामा परिवारलाई व्यवस्थापन गरेर चाँडै नेपाल फर्कने पारिवारिक स्रोतले जनाएको छ ।

घिसिङ ५ सय १४ मत ल्याएर निर्वाचित भएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*