मकवानपुरका ११ सय महिलाले गरे सुरक्षित गर्भपतन

२०७६ श्रावण १९,आईतवार १०:४१

मकवानपुर १९ साउन । गत आर्थिक वर्ष २०७५–०७६ मा मकवानपुरमा एक हजार ९९ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४–०७५ मा ८ सय ९९ जना महिलाले सुरक्षित गर्भपतन लिएकामा गत जेष्ठसम्म एक हजार ९९ जनाले सुरक्षित गर्भपतन सेवा उपलब्ध गरेका हुन् ।

हाल मकवानपुरमा सूचीकृत सरकारी स्वास्थ्य संस्था १६ वटा र सूचीकृत नीजि ३ वटा संस्थाले सूरक्षित गर्भपतन सेवा संचालन गरेको आजको हेटौंडा सन्देश दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*