हेटौंडामा सवारी दुर्घटना, मोटरसाईकल चालक घाईते

२०७६ श्रावण १९,आईतवार ०७:०३

मकवानपुर १९ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा चोकस्थित आज (आईतबार) बिहान ६ बजेर १५ मिनेट जाँदा सवारी दुर्घटना भएको छ ।

बिहान पुष्पलालबाट सानोपोखरातर्फ जाँदै गरेको ना ५३ प ७७४२ नम्बरको मोरटासाईकल र पिप्लेबाट बजारतर्फ आउँदै गरेको ५२ प ९२८० नम्बरको मोटरसाईकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनाबाट ना ५३ प ७७४२ नम्बरको मोटरसाईकल चालक मनहरी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय सम्प्रश पौडेल र ना ५२ प ९२८० नम्बरेको मोटरसाईकल चालक १६ वर्षीय दिपेन्द्र चौलागाई घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*