मनहरी गाउँपालिकाद्वारा बोटे बालबालिकालाई शैक्षिक सामग्री र पोशाक वितरण

२०७६ श्रावण १७,शुक्रबार १०:२८

मकवानपुर १७ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ७ रमौलीमा बसोबास गर्दै आइरहेका बोटे समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा पोशाक प्रदान गरेको छ ।

बोटे समुदायका ५४ जना बालबालिकालाई कापीकलम तथा पोशाक बितरण गरिएको हो । गाउँपालिकाले गरिब र विपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने कार्यक्रम अन्तर्गत बस्तीमै पुगेर हस्तान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताइन् ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले गरिब र विपन्न समुदायका बालबालिकाले पढ्न पाउने अधिकारबाट बन्चित नहोस् भनेर गाउँपालिका सदैव सचेत रहेको बताए ।
स्थानीय ब्रह्मकाली आधारभूत विद्यालयमा अध्ययनरत बोटे समुदायका बालबालिकाहरुका लागि आगामी दिनमा सहयोग जारी रहने अध्यक्ष उप्रेतीले बताए ।

शैक्षिक सामग्री बितरण कार्यक्रममा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शान्ति अधिकारी, राजश्व शाखा प्रमुख राजेन्द्र चौलागाईसहित स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*