काठमाडौँबाट मकवानपुरका लामासहित तीन जना पक्राउ

२०७६ श्रावण १६,बिहीबार १५:३४

काठमाडौं १६ साउन । काठमाडौँ उपत्यकाको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट चोरी गरेको मोटरसाइकलसहित तीन जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मकवानपुर नौखण्टेका २० वर्षीय अनिल लामा, मकवानपुर इन्द्रसरोवर गाउँपालिका– ४ का १७ वर्षीय जीवराज तामाङ र काठमाडौँ चन्द्रागिरि नगरपालिका–९ का १८ वर्षीय सन्दीप तामाङ रहेका छन् ।

उनीहरुलाई चोरी गरी ल्याउँदै गरेको बा ३६ प ८६९३ र बा ७२ प ९६७० नंको मोटरसाइकलसहित महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले बिहिबार पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।मा अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*