मकवानपुरमा बन्दको प्रभाव, हेटौंडाको चार स्थानमा शंकास्पद वस्तु फेला

२०७६ श्रावण १५,बुधबार ०८:०६

मकवानपुर, १५ साउन । विप्लव नेतृत्वको नेकपाले गरेको मध्य कमाण्ड बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको चार स्थानमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिएको छ ।

गएराति हेटौंडाको थानाभर्याङ, चौकिटोल, पारिजातपथ र हुप्राचौरको क्वीक ट्वान्टी नजीकै शंकास्पद बस्तुहरु फेला परेको थियो । सो स्थानहरुमा फेला फरेको शंकास्पद वस्तुमा कुनैमा बालुवा र कुनैमा गिट्टी फेला परेकोे जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक (एसपी) मुकेश कुमार सिंहले जनाकारी दिए ।

त्यस्तै बन्दको कारण मकवानपुरको दुई स्थानमा दुई वटा सवारीसाधनमा आगजनी भएको छ । गएराति मकवानपुरको उत्तरी क्षेत्र फाखेलको हुमानेमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १४ च ८२३४ नम्बरको कारमा आगजनी भएको छ ।

यसैगरी मकवानपुरको मनहरी ज्यामिरे–९ मा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ५ ख १७ ३९ नम्बरको ट्रकमा पनि आगजनी भएको मकवानपुरका एसपी सिंहले जानकारी दिए । उनका अनुसार, दुबै घटनामा मानविय क्षति भने भएको छैन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*