प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

२०७६ श्रावण १५,बुधबार ०७:५०

प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् । निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् ।
एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि गराउनेछन् ।

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा। दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ । केही दिन आराम गर्न र स्वस्थ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर जान लागेको उले बताइन् ।
आजको नागरिक दैनिकमा समाचार छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*