मकवानपुरको मनहरीमा निःशुल्क विद्युत मिटर वितरण

२०७६ श्रावण १४,मंगलवार १८:४६

मकवानपुर १४ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ का स्थानीयहरुलाई निःशुल्क बिद्युत मिटर वितरण गरेको छ । मनरही गाउँपालिकाको ७ नम्बर वडा भित्र रहेका गरिब विपन्न वर्गहरुलाई विद्युत मिटर, तार तथा जडानका लागि आवश्यक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद ओम बहादुर घलानले गाउँपालिका भित्र रहका विपन्न वर्ग, सिमान्तकृत वर्ग तथा गरिव परिबारले पनि सहज रुपमा वक्ति बाल्न पाउनुपर्ने भन्दै उनले हरेक क्षेत्रमा स्थानीयहरु अधिकार प्रदत्व हुनुपर्ने बताए ।

यो समयमा पनि गरिब विपन्न वर्गहरुले सहज रुपमा बिक्त उपभोग गर्न नपाउनु दुखत कुरा रहेको बताए ।

रमौलिमा रहेका स्थानियहरुलाई एक कार्याक्रमबीच ५७ वटा बिद्युतीय मिटर तथा जडान सामाग्री वितरण गरेको ७ नम्बर वडाका अध्यक्ष ठाकुर सिं तितुङले जानकारी दिए ।

वितरण कार्यक्रममा ३ नम्बर प्रदेशका सांसद ओम घलानको प्रमुख आथिथ्यमा भएको थियो भने ७ नम्बर का अध्यक्ष ठाकुर तितुङको सभापतित्वमा भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*