मकवानपुरको परेवाभीरमा अस्थायी बाटो निर्माण

२०७६ श्रावण १४,मंगलवार १०:०९

मकवानपुर १४ साउन । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ४ मा रहेको परेवाभीरमा दैनिक ज्यान जोखिममा राखेर हिँड्न बाध्य यात्रुहरुको सुविधाका लागि सोही वडाका अध्यक्ष सञ्जय कोइरालाको पहल तथा नेपाल कम्युनिष्ट पार्टीको सहयोगमा पैदल मार्ग निर्माण गरिएको छ ।

बाटोमा दैनिक जोखिम मोल्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको समाचार विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित भएपछि स्थानीय जनश्रमदानबाट बाटो सुधार गरिएको वडा अध्यक्ष कोइरालाले जानकारी दिए ।

बर्षायाममा बाटो सुधारका लागि कहीँकतैबाट आर्थिक स्रोत उपलब्ध नभएपछि जनश्रममै आधारित रही बाटोको काम गरिएको अध्यक्ष कोइरालाले बताए ।

बाटो निर्माणका लागि लगिएको एउटा ट्रयाक्टर समेत बगाएको थियो ।

३ नं प्रदेशका सांसद ओमबहादुर ग्लान (प्रदीप) ले परेवाभीरलाई काटेर चालू आर्थिक बर्षमा सडक खन्नका लागि प्रदेश सरकारसमक्ष माग गरेका छन् । राक्सिराङ गाउँपालिकाले पनि परेवाभीर खण्डमा बाटो बनाउनका लागि १ करोड रुपियाँ बिनियोजन गरिसकेका अध्यक्ष राजकुमार मल्लले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*