गाउँपालिकाका अध्यक्ष घलान अस्पतालबाट डिस्चार्ज

२०७६ श्रावण १४,मंगलवार ०९:३२

मकवानपुर १४ साउन । स्वास्थ्यमा सुधार भएपछि बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान सोमबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत साउन ३ गते अचानक स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका घलानको स्वास्थ्यमा सुधार भएपछि सोमबार डिस्चार्ज भएको उनका स्वकीय सचिव मनोज बलले जानकारी दिए ।

पाचन प्रणालीमा समस्या भएपछि उनलाई भर्ना गरिएको थियो । नर्भिक हस्पिटलका एस्टोलोजि डा.संन्दिप राज कुंवार र डा.विजय दाहालले उनलाई हेरेका थिए । उनलाई आईसियूमा राखेर उपचार गरिएकोे थियो । घलानलाई लिन गाउँपालिका बासीलगायत आफन्तहरु अस्पताल पुगेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*