भीमफेदी कारागारका चार सय कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

२०७६ श्रावण १४,मंगलवार ०९:०७

मकवानपुर १४ साउन । मकवानपुरको भीमफेदी क्षेत्रीय कारागारका ४ सय कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सेञ्चुरीको आयोजनामा तथा सामुदायिक आँखा अस्पताल हेटौंडाको प्राविधिक सहयोगमा कारागारका ४ सय कैदीबन्दीको निः शुल्क आँखा परीक्षण गरिएको हो ।

कारागारका ९ सय ४९ कैदीबन्दीमा सामान्य तथा गम्भिर किसिमका आँखाका समस्या भएका ४ सय बन्दीको निःशुल्क आँखा परीक्षण गएिको हो ।

शिविरमा आँखाको रोग पहिचान गर्ने, मोतिबिन्दु भएकालाई निःशुल्क शल्यक्रिया, दृष्टि कमजोर भएकालार्इ चश्मा र आँखाका विभिन्न समस्या भएका बन्दीलाई औषधी प्रदान गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*