मनहरीका दुई विद्यालयमा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण

२०७६ श्रावण १३,सोमबार १७:२१

मकवानपुर १३ साउन । हिमालयन मानव अधिकारकर्मी समुह (हिमराइट्स) मकवानपुरको आयोजनामा मनहरी गाउँपालिकाभित्र रहेका श्री प्रजा आधारभुत विद्यालय र श्री सगरमाथा आधारभुत विद्यालयमा सिमान्तकृत समुदायकको शिक्षा तथा नेतृत्व विकास कार्यक्रमअन्तरगत आर्थिक वर्षका लागि शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कोर इन्टरनेशनल क्यानडाको सहयोग र मनहरी गाउँपालिकासँगको सहकार्यमा वडा नम्बर ३ मा रहेको प्रजा आधारभुत विद्यालय र वडा नम्बर ६ मा रहेको सगरमाथा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरिएको हो ।

प्रजा आधारभुत विद्यालयमा गत साउन ६ गते भएको कार्यक्रममा २७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । त्यस्तै सगरमाथा आधारभुत विद्यालयमा आज (सोमबार) २१ जना बालबालिकाहरुलाई सामाग्री वितरण गरिएको हिमराइट्स मकवानपुरले जनाएको छ ।

सगरमाथा आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य राममाया चेपाङको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी ६ का वडा अध्यक्ष गोपीलाल मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

हिमराइट्सले कोर इन्टरनेशनल क्यानडाको सहयोग तथा मनहरी गाउंपालिकासँंगको सहकार्यमा विगत ३ वर्षदेखि निरन्तर उक्त विद्यालयहरुमा छात्रावृति सहयोग कार्यक्रम गर्र्दै आइरहेको हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाईवाले जानकारी दिइन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*