मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन

२०७६ श्रावण १२,आईतवार १३:२५

मकवानपु १२ साउन । मकवानपुर क्रिकेटका पूर्वकप्तान ३६ वर्षीय नीरज श्रेष्ठको आज (आईतबार) निधन भएको छ ।

लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको सहिद मेमोरियल अस्पताल काठमाडौंमा निधन भएको हो ।

श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान गरेका थिए । क्रिकेट सङ्घ मकवानपुरले एक शोक वक्तव्यमार्फत् मकवानपुर क्रिकेट सङ्घका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहेका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*