प्रदेश नम्बर ३ को प्रेस रजिष्टारको शाखा कार्यालय काठमाण्डौंमा राख्ने तयारी

२०७६ श्रावण ११,शनिबार ०९:२९

मकवानपुर ११ साउन । प्रदेश नम्बर ३ को प्रेस रजिष्टारको शाखा कार्यालय काठमाण्डौंमा राखिने तयारी भएको छ । काठमाण्डौं उपत्यका र आसपासका जिल्लाका रेडियो, टेलिभिजन, अनलाईन र पत्रिकाको काम नजिकैबाट गर्न सकुन भन्ने उदेश्यले शाखा कार्यालय खोल्ने अन्तिम तयारी भएको हो ।

काठमाण्डौको तीन कुनेमा प्रेस रजिष्टारको शखा कार्यालय राख्न लागिएको प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए ।

प्रेस रजिष्टारको शाखा कार्यालयको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यही साउन १५ गते उद्घाटन् गर्ने कार्यक्रम रहेको छ ।

रेडियो, टेलिभिजन, अनलाईन र पत्र–पत्रिकाको इजाजत, नबिकरण, नियमनका कामहरु हेटौंडा र काठमाण्डौंका दुबै कार्यालयबाट हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*