सिरियाको यस्तो भयावह अवस्थामा पनि यी दश दिन किन चुपचाप बस्यो विश्व ?

२०७६ श्रावण ११,शनिबार ०६:५८

संयुक्त राष्टसंघीय मानवअधिकार आयोगकी प्रमुख मिशेल बेचलेटका अनुसार पछिल्ला दश दिनमा सिरियामा एक सय जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २६ जना बालबालिका रहेका छन् ।

उनका अनुसार सिरिया र रुसी सेनाको संयुक्त हवाई आक्रमणको निशानामा अस्पताल, स्कुल र बजार क्षेत्र परेका छन् । बेचलेटका अनुसार सिरिया र रुसी सेनाको यति ठूलो आक्रमण र नरसंहारको बारेमा विश्व चुप छ ।

अन्तर्राष्टिय जगतको नजर
बेचलेटका अनुसार संसारका शक्तिशाली देशहरुले त्यहाँ नेतृत्व असफलताको विषय उठान गरिरहेका छन् । उनका अनुसार विद्रोहीहरुको कब्जामा रहेको भनिएको इदलिवमा मर्नेहरुको संख्या बढ्नसक्ने तर्फ कसैको ध्यान गएको देखिँदैन ।

उनका अनुसार धेरै मानिसहरु यो आक्रमणको शिकार भएका छन् । बेचलेटका अनुसार जानीबुझी सामान्य नागरिकहरुमाथि हमला गर्नु युद्ध अपराध हो । जसले यो आक्रमणका लागि जानी जानी आदेश दिइरहेका छन् उनीहरु पनि यो अपराधका लागि जिम्मेवार छन् ।

के-के भैरहेछ र?
विगत आठ वर्षदेखि सिरियाको इदलिव शहरका अलावा उत्तरी हमा र पश्चिमी अलेपो विद्रोहीको गढ शहरको रुपमा चिनिने गरिन्छ । तिनै शहरहरु आक्रमणको निशानामा परेका छन् तर अघिल्लो वर्ष सेप्टेम्बरमा रुस र टर्कीको नेतृत्वमा भएको शान्ति सम्झौतापछि यस क्षेत्रमा बमबाढी नगर्ने सहमति भएको थियो । यो सम्झौता पछि २७ लाख जनाले हवाई हमलाबाट मुक्ति पाएका थिए । तर पछिल्लो हप्ता संयुक्त राष्टसंघले भनेको छ, ‘अप्रिल महिनायता सिरियामा ३५० जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै ३ लाख ३० हजार सिरियालीहरु घर छोड्न वाध्य भएका छन् । त्यसमध्ये पछिल्ला १० दिनमा त्यहाँ १०३ जनाको मृत्यु भइसकेको छ ।’ त्यसमध्ये २६ जना बालबालिका त्यसको निशानामा परेका छन् । स्थिति थप भयावह हुँदै गइरहेको छ ।

रुसी वायुसेना समर्थित सिरियाली सरकारले भने अलकायदासँग सम्बन्धित जिहादीहरुले शान्ति सम्झौता उल्लंघन गरेका कारण आक्रमण गनुपरेको प्रतिक्रिया दिँदै आएको छ । रुसमाथि भने गत हप्ता ३१ व्टा हमलाको नेतृत्व गरेको आरोप लागेको थियो । सञ्चारमाध्यामहरुमा आएका ती रिपोर्टहरुको रुसले खण्डन गर्दै आएको छ । सिरियामा विगत आठ वर्षदेखिको यो द्वन्द्वका कारण लाखौंले ज्यान गुमाइसकेका छन् । (बीबीसीबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*