बाढीपहिरोका कारण मण्डु हाइड्रोेमा ९ करोड बराबरको क्षति

२०७६ श्रावण १०,शुक्रबार १५:१४

मकवानपुर १० साउन । बाढीपहिरोका कारण मकवानपुरस्थित रहेको माण्डु हाइड्रोपावर कम्पनीमा ९ करोड रूपैयाँ बराबरको क्षति पुगेको छ ।

चार अर्ब २५ करोड रूपैयाँ लगानी रहेको सो हाइड्रोपावरमा बाढी पहिरोले ६ करोड मूल्य बराबरका उपकरण तथा संरचना र ३ करोड मूल्य बराबरको विद्युत् व्यापार गरी कुल ९ करोड रूपैयाँ बराबरको क्षति भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिए ।

बाढीसँगै आएको गिट्टी, बालुवा र माटोले पुरेर ‘पावर हाउस’ को ‘सिलटिङ बेसिन’ मा क्षति पुर्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका जनसम्पर्क अधिकृत दानीका अनुसार, अहिले क्षतिग्रस्त मेसिनकोे मर्मत कार्य भइरहेको छ । साउन १५ सम्म पुनःसञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*