कैलाश १० का मृतक सुनारको परिवारलाई कांग्रेसद्वारा २५ हजार सहयोग

२०७६ श्रावण १०,शुक्रबार १२:१६

मकवानपुर १० साउन । नेपाली कांग्रेस मकवानपुरले कैलाश गाउँपालिका १० का मृतक सुनारको परिवारलाई शुक्रबार राहत रकम हस्तान्तरण गरेको छ ।

अविरल वर्षाको कारण असार २७ गते जमुने खोलाले बगाएर मृत्यु भएका कैलाश गाउँपालिका १० का ५५ वर्षिया सानुकान्छा सुनारको परिवारलाई नगद २५ हजार रुपैयाँ राहतस्वरुप प्रदान गरिएको हो ।

नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा र ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानले संयुक्तरुपमा मृतक सुनारका छोरी सरस्वतीलाई घरमै पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी कैलाश गाउँपालिका १० का नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष माणिकलाल मुक्तानले मृत सुनारको परिवारलाई ५ हजार सहयोग गर्नुभएको छ भने दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले पनि ५ हजार रुपैयाँ सहयोग गरेको छ ।

कार्यक्रममा कांग्रेस ४ नम्बर क्षेत्रीय सदस्यहरु मानबहादुर वाईबा, सिताराम सिंतान, कैलाश गाउँपालिका १० का सभापति सूर्यबहदुर सिंतान, कैलाश २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, १० नम्बर वडा अध्यक्ष माणिकलाल मुक्तानलगायतको उपस्तिथि रहेको थियो ।

यसअघि कांग्रेस मकवानपुरले अविरल बर्षातका कारण बाढीपहिरोमा परि ज्यान गुमाएकाहरु मकवानपुरका थाहा नगरपालिका ३ की १२ वर्षिया सञ्चना बलामी, ईन्द्रशरोबर गाउँपालिका १ की ४२ वर्षिया कान्छी रञ्जितकार, १७ वर्षिया बबिता बलामी, ईन्द्रशरोबर गाउँपालिका २ की १६ वर्षिया श्रृष्टि डिमडुङ र गढी गाउँपालिका २ का ७५ वर्षिय तीर्थबहादुर खुलालको परिवारलाई २५र२५ हजारका दरले राहतस्वरुप रकम प्रदान गरिसकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*