पहिरोका कारण सिस्नेरी/फाखेल सडकखण्ड विहानैबाट अवरुद्ध

२०७६ श्रावण १०,शुक्रबार ०८:०२
file photo

मकवानपुर १० साउन । हेटौँडाबाट काठमाडौँ जाने सिस्नेरी/फाखेल सडकखण्ड आज विहानैबाट अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सो सडकखण्ड भएर सवारी साधन चल्न सकेका छैनन् ।

फाखेल /सिस्नेरी सडकखण्ड अन्तरगतको ईन्द्रसरोवर गाउँपालिकाको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सल्ले र वडा नम्बर ३ तापीखोल्सामा पहिरो गएको प्रहरीले जानकारी दिएको छ ।

विहानैबाट सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*