बागमती गाउँपालिकाका अध्यक्ष घलान विरामी भएपछि नर्भिक अस्पतालमा

२०७६ श्रावण ९,बिहीबार १४:३९

मकवानपुर ९ साउन । मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष शर्केस घलान स्वास्थ्य अवस्थाका कारण अहिले काठमाडौंको नर्भिक अस्पतालमा छन् । उनको विगत ५ दिनदेखि आइसियु इन्टेन्सिभ केयर युनिटमा राखेर उपचार भइरहेको छ ।

घलानको स्वास्थ्यमा एक्कासी समस्या आएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

अध्यक्ष घलानलाई पाचन प्रणालीमा संक्रमण हुनुका साथै कलेजो सुन्निएको छ । उनलाई अझै केही दिन नर्भिक अस्पतालमैँ राखेर उपचार गर्नुपर्ने भएको हो ।

उपचारपछि घलानको स्वास्थ्य अवस्थामा भने सुधार आएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*