जवरजस्ती करणीको आरोपमा मकवानपुरबाट दास पक्राउ

२०७६ श्रावण ९,बिहीबार १४:०५

मकवानपुर, ९ साउन । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहीकी ६० वर्षीया महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पीडित महिलाकै घरमा डेरा गरी बस्ने बारा जिल्ला कलैया घर भएका २० वर्षिया नरेश दास रहेका छन् ।

आरोपित दासलाई साउन ७ गते मकवानपुर जिल्ला अदालतमा पेश गरी थप अनुसन्धानका लागि १५ दिन म्याद थप गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*