रुम्बा र जिम्बाको तामाङ गीत ‘टिक–टक स्होसी’ सार्वजनिक, पाँच भाषामा रेकर्ड हुने

२०७६ श्रावण ९,बिहीबार ०९:३२

मकवानपुर, ९ साउन । मकवानपुरे करप रुम्बा र गंगा जिम्बाको आवाजमा तामाङ गीत ‘टिक–टक स्होसी’ को अडियो भर्सन सार्वजनिक भएको छ । गीत डम्फु मिडिया प्रा.लि मार्फत बुधबार सार्वजनिक गरिएको हो ।

गीतमा सञ्चारकर्मी विवेक लोप्चनको शब्द र सँगीत ,कर्साङ लामा दोङको एरेञ्जमा गीत तयार भएको हो ।

तामाङ गीत ‘टिक–टक स्होसी पाँच भाषामा रेकर्ड हुने गीतकार तथा सञ्चारकर्मी विवेक लोप्चनले जानकारी दिए ।

करपको यसअघि नै आफ्नै शब्द, संगीत र आवाजमा दुई वटा गीतको अडियो भर्सन सार्वजनिक भइसकेको छ ।

‘टिक–टक स्होसी’ को अडियो भर्सन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*