कांग्रेस मकवानपुरद्वारा ईन्द्रसरोवर गाउँपालिकाका ३ मृतकका परिवारलाई ७५ हजार सहयोग

२०७६ श्रावण ८,बुधबार १७:५३

मकवानपुर, ८ साउन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले गत असारको अन्तिमसाता अविरल वर्षातपछि गएको बाढीपहिरोबाट परेर मृत्यु भएका ईन्द्रसरोवर गाउँपालिकाका ३ मृतकका परिवारलाई राहतस्वरूप ७५ हजार रुपियाँ सहयोग गरेको छ ।

बुधबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले एक कार्यक्रमकाबीच घरमै पुगेर राहतस्वरुप ३ मृतकका परिवारलाई ७५ हजार हस्तान्तरण गरेकी हुन् ।

गत असार ३० गते अविरल वर्षाको कारण ईन्द्रसरोबर गाउँपालिका १ टौमाटकी एकै परिवारका आमा ४२ वर्षिया कान्छी रञ्जितकार र छोरी १७ वर्षिया बबिता बलामीको परिवारलाई ५० हजार रुपियाँ राहतस्वरूप सहयोग गरिएको हो ।

त्यसैगरी बुधबार नै कांग्रेस मकवानपुरले ईन्द्रसरोबर २ हासुलीमा पहिरोले पुरिएर मृत्यु भएकी १६ वर्षिया श्रृष्टि डिमडुङको परिवारलाई २५ हजार राहतस्वरूप रकम सहयोग गरेको छ ।

त्यसैगरी ईन्द्रसरोबरका ३ जना मृतकको परिवारलाई दिव्यतारा सहकारी संस्था हेटौंडाले पनि राहतस्वरूप प्रतिपरिवार ५ हजारका दरले १५ हजार सहयोग गरेको छ ।

त्यस्तै ईन्द्रसरोबर डुंगा ब्यवसायी संघले पनि ईन्द्रशरोबर १ टौमाटकी २ मृतकलाई ४० हजार सहयोग गरेको छ भने ईन्द्रशरोबर १ का वडा अध्यक्ष एवं कांग्रेसका जिल्ला सदस्य जमानसिं वाईबाले ५ हजार सहयोग गरेका हुन् ।

कार्यक्रममा कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, तरुण दल २ नम्बर क्षेत्रीय अध्यक्ष सुमन श्रेष्ठ, हेटौंडा ११ सभापति विष्णु खनाल, महिला संघ ईन्द्रशरोबर संयोजक निर्मला रुम्बा लगायतको उपस्थिति रहेको थियो ।

कांग्रेस मकवानपुरले जिल्लामा बाढीपहिरोबाट मृत्यु भएका ५ मृतकको परिवारलाई २५ हजारका दरले राहतस्वरूप रकम दिने निर्णय अनुसार यसअघि मंगलबार थाहा ३ को बलामी परिवारलाई पनि राहत स्वरुप २५ हजार रुपैयाँ दिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*