मौद्रिक नीति आज सार्वजनिक हुने

२०७६ श्रावण ८,बुधबार १०:४९

काठमाडौं, ८ साउन । चालु आर्थिक वर्ष ०७६–७७ को मौद्रिक नीति आज बुधबार सार्वजनिक हुने भएको छ ।

बुधबार अपराह्न ४ बजे र्‍याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले जानकारी दिए ।

राष्ट्र बैंकले असार मसान्तमै मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको थियो । तर, यसका लागि आवश्यक बोर्ड बैठक बस्न नसक्दा ढिलाइ भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*