मनसुनी वर्षा पुनः सक्रिय

२०७६ श्रावण ८,बुधबार १०:४०

मकवानपुर ८ साउन । न्युन चापीय रेखा तराई क्षेत्र नजिकै रहेकाले देशभर मनसुनी वर्षा पुनः सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (बुधबार) देशभर सामान्यदेखि पूर्ण बलदी भई अधिकांश स्थानमा वर्षा हुनेछ भने थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*