दुर्घटनाबाट गम्भीर घाइते हेटौंडाका कार्कीको मुत्यु

२०७६ श्रावण ८,बुधबार १०:११

मकवानपुर ८ साउन । गत आइतबार त्रिभुवन राजपथ अन्तरगत बाघझोरामा कारको ठक्करबाट गम्भीर घाइते भएका हेटौँडा–४ सितलमहल चोकका २२ बर्षीय सुजन कार्कीको मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका वडा नम्बर १ बाघझोरामा काठमाडौं जाँदै गरेको स्टेट ३ बिएए ०११० नम्बरको यातायात कार्यालय काठमाडौंको कारले हेटौँडा आउँदै गरेको ना ५४ प २८९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कार्की गम्भीर घाईते भएका थिए ।

कारको ठक्करबाट गम्भीर घाईते भएका मोटरसाईक चालक कार्कीको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट मोटरसाइकलमा सवार हेटौँडा–१० का रजित सुर्खेति भने घाईते छन् । उनको हेटौंडा अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*