जीप दुर्घटनाबाट एकको मृत्यु, दुई गम्भीर घाइते

२०७६ श्रावण ८,बुधबार ०९:४४

बैतडी ८ साउन । बैतडीमा आज (बुधबार) बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनाबाट मृत्यु हुनेको सनाखत हुन सकेको छैन् ।

दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका ८ खोड्पेको बन्तड भीरमा दार्चुलाबाट धनगढीका लागि छुटेको ग १ ज ५२२४ नम्बरको जीप दुर्घटनामा भएको हो।

दुर्घटनाबाट गम्भीर घाईते भएका दुबै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

मृत्यु भएका एक जनाको शव भीरमा अड्किएको छ इलाका प्रहरी कार्यालय पाटनका अनुसार, कुहिरो र पानी परेका कारण उनको शव निकाल्न सकिएको छैन । जीप भीरबाट झण्डै अढाई सय मिटर तल खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*