घरेलु प्याडको लोकप्रियता बढ्दै

२०७६ श्रावण ८,बुधबार ०९:०४

मानव जीवनचक्रसँग सम्बन्धित महत्त्वपूर्ण पाटो महिनावारीलाई अझैसम्म पनि समाजमा लुकाउनुपर्ने विषयका रूपमा हेरिन्छ ।

महिनावारीका बेला पोसिलो खाना, घाम, तातोबाट वञ्चित हुँदा महिलाको प्रजनन स्वास्थ्यमै प्रतिकूल असर पर्छ । अझ सरसफाइका लागि सफा प्याड आवश्यक हुन्छ र त्यो न्यून आय भएकाका लागि सुलभ बनाउने प्रयास थालिएको छ । महिनावारीबारे सचेतनाका कार्यक्रम सञ्चालन गर्ने क्रम पनि बढ्दो छ ।

एकैपटक परिवर्तन नआए पनि बिस्तारै शिक्षित पुस्तामार्फत महिनावारीबारे लिइने धारणामा सकारात्मक परिवर्तन आउन थालेको छ । हाल महिनावारीलाई उत्सवका रूपमा मनाउन पनि थालिएको छ ।

विगत २२ वर्षदेखि प्रजनन स्वास्थ्य सङ्क्रमण न्यूनीकरणका लागि काम गरिरहेको संस्था ‘नहुँदा स्वास्थ्य महिला’ले टुक्रा कपडाबाट घरेलु प्याड बनाउने तालिम प्रदान गर्दै आएको छ ।

ग्रामीण क्षेत्र तथा आर्थिक अवस्था कमजोर भएकाले पनि महिनावारीका बेला स्वस्थ रहन सकून् भन्ने उद्देश्यले प्याड बनाउने तालिम सुरु गरिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*