काँग्रेस मकवानपुरद्वारा मृतक बलामीको परिवारलाई २५ हजार सहयोग

२०७६ श्रावण ७,मंगलवार १५:५९

मकवानपुर, ७ साउन । नेपाली काँग्रेस जिल्ला कार्यसमिति मकवानपुरले खोलाले बगाएर मृत्यु भएकी थाहा नगरपालिकाकी १२ वर्षिया बालिका सञ्चना बलामीको परिवारलाई राहतस्वरूप २५ हजार सहयोग गरेको छ ।

मंगलबार काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले एक कार्यक्रमबीच बलामीको घरमै पुगेर राहतस्वरुप २५ हजार हस्तान्तरण गरेकी हुन् ।

बालिका बलामीको गत असार २७ गते अविरल वर्षाको कारण थाहा नगरपालिका ३ दम्की महाभीर खोलाले बगाएर मृत्यु भएको थियो ।

त्यसैगरी मृतक बलामीको परिवारलाई दिव्यतारा सहकारी संस्था पालुङ शाखाले पनि राहतस्वरूप १० हजार सहयोग गरेको छ । सहकारी बोर्डका कार्यकारी सदस्य आनन्दराम पराजुलीले राहत रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कांग्रेस जिल्ला सदस्य एवं थाहा नगर उपप्रमुख खड्ग गोपाली, जिल्ला सदस्य सुशान्त श्रेष्ठ, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, कांग्रेस थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, महिला संघ जिल्ला सचिव निलम देवकोटा, नगरका नेताहरु र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

कांग्रेस मकवानपुरले जिल्लामा बाढीपहिरोबाट मृत्यु भएका ५ मृतकको परिवारलाई राहतस्वरूप जनही २५-२५ हजारका दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज थाहा नगरपालिका ३ दम्की घर्तिखोलाको बलामी परिवारलाई राहत २५ हजार दिईएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*