टी–२० क्रिकेट : कतारलाई १२३ रनको लक्ष्य

२०७६ श्रावण ७,मंगलवार ०९:२६

काठमाडौं, ७ साउन । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले कतारलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १२२ रन मात्रै बनाएपछि कतारले सामान्य लक्ष्य पाएको हो ।

खेल सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा भएका हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*